Posted by: kamalabari | August 30, 2011

तिमी भित्रका अदालत

 

 

 

 

 

तिमी भित्रका अदालत

तिम्रा हरेक चाहनाहरुका कदर गर्ने
तिमी प्रति आस्था राख्ने,
तिमी  भित्रका अदालत
म विरुद्द
प्रेम बलात्कारी
अनि प्रेम  हत्यारा
आरोप लगाई
जन्म कैदको सजाय सुनाउने
तिमी भित्रका अदालत
तिमी भित्रका अदालतलाई
मान्नै पर्छ
संसार ठिङ्ग उभिएर
तिम्रा नयाँ मोडेलका
हतियारहरु
टुलु टुलु हेरिरहेका छन्
जुन हतियारहरु 
म जस्ता प्रेम पूजारीहरुलाई
प्रहार गरिन्छ
उल्टो सजाय दिइन्छ
समाजमा जिउन प्रयोग हुने अंगहरु
अंगभंग गरिन्छन्
अनि गाऊँबाट
गाऊँ निकाला गरिन्छ
जिन्दगि नै तहस नहस पारिदिन्छ
तिमी भित्रका अदालत ।

तिमी भित्रका अदालत मा
म बादी हावी भएको छ
सौन्दर्यको घमण्ड बढेको छ
धनको मात चढेको छ
निरंकुश उल्टेको छ
प्रेममा भ्रस्टाचार भएको छ
तिमी भित्रका अदालतमा
कु ले चरम सिमा नाघेको छ
याद गर
एक दिन आउनेछ
 त्यो दिन
स्वाहा हुनेछ
तिमी पनि जल्नेछौ
ति पापका रापले
खाग हुनेछौ
तिमी भित्रका अदालत ।
तिमी भित्रका अदालतको
निर्णयले
तिम्ले सायद
तिम्रा लक्ष्य चुम्न सक्यौ  होला
खोजे जति रम्न सक्यौ होला
यदी
यदी तिमी मेरो प्रश्न स्विकार्छौ भने…..
के तिमीले जे पायौ
तेही खोजमा थियौ त???
हैन भने
आँखा चिम्लेर सोच
हाम्रा इतिहासका
एक एक पल
अनि एक एक
पानाहरु पल्टाऊ
कोट्याउ  ति
तिमी भित्रका अदालत रुपी
निर्णय हरु
अनि मलाई उत्तर देऊ
के बोल्दैछन्
ति
तिमी भित्रका अदालत
तिमी सहि वा म गलत ???
म सहि वा तिमी गलत ???

Posted by: kamalabari | October 10, 2010

क्यान्सरको भाइरस तिमी

 
 
 
 
 
 
क्यान्सरको भाइरस तिमी  
 
 
धोस्त
बनाउने तिमि भित्रको
चाहनाको कारण,
तड्पाई तड्पाई
मार्ने तिम्रो षडयन्त्र को 
कारण  
नयाँ मोडेलको
प्रेमका हतियारसहित 
आक्रमण गर्यौ  
म परास्त भएँ 
मैले घुंडा टेकें
आत्मसमर्पण गर्दा,
घांटी छिनाली दे
जिउंदै जलाई दे
भन्न सकिन मैले
पिडा
पिडा भित्र बाँच्न सक्छु
भन्ने निर्णयले ।
मैले तिम्रो पाउ समाते 
त्यहि कारणबस  
कयौं बर्ष बितिसक्दा पनि  
तै अझै उस्तै छ ।
पिडा
अझै उस्तै गरि 
बल्झिरहेको छ  
दर्द ।
 
यी दर्दहरुले
अबत म
गलिसकेको छु ।
थलीइसकेको छु । 
क्यान्सरको भाइरस तिमी
तिमीले चारैतिर बाट
खाइसकेका छौ।
 
डाक्टरको
सल्लाहले घाऊ झनै  
रागीएर आउँदा
दुखाउने भाइरस मार्न
मैले
पल्ला घरे भाउजुसंग
उधारो
बोत्तल
पिउन थालेको छु ।
डुब्नै लागेको घाम भैसकेको छु
हरेक क्षण मेरा लागि
अमूल्य छन् ।
तेसैले मेरो
क्यान्सरको भाइरस तिमी
तिमी जुग जुग बाँचीरहौ ।  
Posted by: kamalabari | September 25, 2010

म अस्थाई

 
 
 
 
 
 
 
 
अस्थाई 
 
धर धर
च्यातिएको जिन्दगी 
संक्रमणकाल को जिन्दगी  
ढुलमुले जिन्दगी
खडेरीले चर चर
गह्रा झैं फुटेको
बरा जिन्दगीको
म अस्थाई जागिरे
जिन्दगि अस्थाई
म अस्थाई
 
म अस्थाई जागिरे 
भद्रगोल
पटक पटक
स्वार्थी समाज बाट
बलात्कृत जिन्दगि  
बरा जिन्दगीको
म अस्थाई जागिरे 
जिन्दगी अस्थाई
म अस्थाई
 
 छी !
अन्तर मन भित्र
घृणाको मूल फुट् छन्
आफैँलाई सम्झी
थुइए थुक्छ 
गाली गर्छ 
मनको मान्छे  
तँ !
आशै आशा बोकी  
पाइला पाइला
उब्जिने समस्याहरु संग
पैंठेजोरी खेल्ने तेरो  जीवन ।
तेरो कस्तो त्यो जागिर ?
तेरो त्यो अस्थाई जागिर
जिन्दगि अस्थाई
म अस्थाई
 
हो
मेरो मुर्खता हो
जिन्दगी
अजम्बरी सम्झनु
तर
मेरो बाध्यता छ
बिडम्बना भित्र बाँच्नु
अनि कल्पना भित्र रमाउनु
मेरो अस्थाई जागिर
जिन्दगी अस्थाई 
म अस्थाई  
 
म कर्तब्यनिष्ठ छु
अन्जान परिवेशमा
आफुलाई
सम्हाल्दै
हरतरह
संघर्षमा लिप्त हुनु पर्ने
मेरो कर्तब्य
बेबारिसे जिन्दगीको
म अस्थाई जागिरे
जिन्दगी अस्थाई
म अस्थाई
 
अस्थाई जागिर को
नाटक
मुल्यवान समय
अरुको लागि खर्ची
अरुको खुसीमा
आफ्नो दुखः लुकाई
बाँच्नु पर्ने विवसता
मेरो राजिनामा नस्विकार्ने
अस्थाई जिन्दगी
तसर्थ
म अन्तिम समय सम्म
अस्थाई …………..
Posted by: kamalabari | August 25, 2010

शैय्याबाट छोरीलाई चिठी

  

शारू, तिमी पेटमै हुँदा तिम्री बा खाडी जानु भएको पनि एक दशक बितिसकेछ । आज यी एक दशकको अबधिमा हामी आमा छोरी बीचको जिन्दगीमा आएको उत्तर चढाबहरुलाई यहि पत्र मार्फत तिमीलाई सुनाउन गइरहेकी छु । निरन्तर बगिरहने नदीको पानी झैं यो समय पनि निरन्तर बगिरह्यो। नदीमा बग्ने पानीको बहाब कहिले कम त कहिले साउने झरीले ल्याएको भेलले किनारलाई भात्काउँदै, लच्छार पच्छार पार्दै बगिरहे झैं समय पनि हाम्रो जिन्दगीमा बगिरह्यो । समय त्यो बोल्दैन, समय तेस्ले कसैलाई चिन्दैन, समय त्यो हो कसैलाई लाखा त कसैलाई पाखा गर्दैन । समय त  निर्णायक हो जसले कुनै पर्तिस्पर्धामा हार र जीतको निर्णय गरिदिन्छ । जसले जित्न सक्यो ऊ जिन्दगीमा सफल भयो भने हार्ने हरु जिन्दगीसँग हारेका हुन्छन् । हार जीत भने जिन्दगी भित्र निरन्तर चलिरहने नियम हुन् । बिडम्बना ! तिम्री आमाको पोल्टामा भने जीतको सट्टा हार मात्र हात लाग्यो  । प्रयास नगरेको हैन शारु, मैले मेरो हात पाऊ शारीरमा भए जति सबै शक्ति प्रयोग गरेको हूँ । आखिर भाग्य र  भोग मा लेखिने कर्मका रेखाहरु नै दिन र  दशाको जालो रहेछ त तिम्री अभागी आमाको के लाग्छ र म त माझीको ढडीयामा परेको माछा झैं माझी आई नमारे सम्म जीन्दगीको कुन्दुर भित्रबाट बाटो खोजिरहें तर मैले खोजेका रोजेका बाटा हरु सबै बन्द भैसकेका रहेछन । साना तिना सुनामी बाट नाफुत्केको त हैननै, तै पनि तिम्री आमाले बनाएको घरको गार्हो भत्कियो चट्यागं चड्कियो । अब त जीन्दगीको अन्तिम समय पनि आइसकेको छ, तेसैले मैले संसार छोड्नु भन्दा अगाडी अरु मान्छेको जिन्दगीमा बनेको कथा झैं मेरो पनि जीन्दगीमा कथा बनेको छ । त्यहि कथालाई शारु तिमीलाई आज मृत्यु शैय्या बाट पस्किंदैछु । जब तिमि बुझ्ने हुन्छौ तब तिम्री आमाको हातले लेखिएका शब्द हरु पढ्नु ल शारु …………..

 
 
 
 
 
                                                                                                                                                                                                                                                           मिती:- २०६५/ बैशाख २ गते
                                                                                                                                                                                                                                                            स्थान:- जनरल हस्पिटल  सिंगापुर
                                                                                                                                                                                                                                                             शैया नम्बर : २२०
छोरी शारु 
धेरै धेरै माया तिम्री आमाको तर्फबाट 
                          छोरी शारु ! हिजो भन्दा अलि धेरै गलेको जस्तो लागिरहेको छ । दिनानु दिन मेरा इन्द्रिय हरु सिथिल हुँदै गैरहेको छ कम जोर महशुस भैरहेको छ सुस्केरा हरु पनि गलेका छन् जस्तो लाग्छ । जिन्दगि देखि नै गलिसके पछी मान्छेले बनाएको औषधी ले पनि नछुने भैसंके । डाक्टर र नर्स हरुले आराम गर्न आग्रह गरे पनि मेरा हात हरु चल्न छाडेका छैनन् । तिम्रो मेरो भेट नभएको पनि नौ वर्ष बिते । सपना जस्तो लाग्छ कैले कहिँ मा आफैलाई सोध्छु  म सपनामा छु कि बिपनामा छु ? रित्ता हातहरु छन् तिम्रा लागि दिने अरु केहि छैन वस्  म संग छन त छन् जिन्दगीका तिता सत्य हरु । गरिबी पारिवारिक समस्याहरुले गर्दा,  तिमि पेटमै हुँदा तिम्रा बा खाडी जानु भयो । अहिले झैं नै लाग्छ मेरा कान हरुमा अझै तिम्रा बा ले भन्नु भएको शब्द हरु गुन्जिरहेका छन् । “सजना छोरा भएनी छोरी भएनी राम्रो संग हुर्काउनु म चांडै फर्केर आउंछु । तिमी घर सम्हालेर बस्नु म कमाएर पठाउँछु । ऋण तिरौंला अनि हाम्रो आफ्नै घर बनाएर बसौंला । आमालाई हेर्नु ल म अहिले गएँ ।” यी आवाज हरु, यी शब्द हरु कुनै चलचित्रका अभिनायकका भनाईहरु हैनन्, तिम्रै बा परदेशिने समयमा भन्नुभएका हुन् । उहाँ त  जानु भयो तर सबै जिम्मेवारीहरु मेरो काँधमा छाडी जानु भयो । दिनानु दिन तिमि बढ्दै गयौ । अब तिमीलाई जन्म दिने समय पनि भयो घरमा तिम्री आँखा नदेख्ने हजुर मुमा अनि म मात्रै । जेन तेन साहुको घरमा लुगा धोएर एक छाक चलाउँथे । म थालिन थांले पछी घरमा चुल्हो बल्न छाड्यो । तिम्री बा को अत्तो पत्तो छैन । जानु भएको पनि पाँच पाँच महिना बितिसक्यो न चिठी छ न खबर । हजुरमुमा रुनु हुन्छ सुकिसकेका आँशुहरु सकी नसकी बगाउनु हुन्छ । मलाई बेथाले च्यापेको थाहा पाउँछु हजुरमुमा ठुलाघरे दिदीलाई बोलाउन जानु भएको थाहा छ तेस्पछी म बेहोस् भएछु ।
                       एकै छिन पछी तिम्रो वांह वांहा ले म बिउँझिन्छु र साथमा देख्छु हजुरमुमा र ठुलाघरे  दिदी अनि तिमी । तिम्रो आगमन पश्चात मेरो खुशीको सिमा रहेन हर्षको आँशु बर्र बग्न थाले । र तिम्री बालाई सम्झें । यदि उहाँ अहिले यो क्षण भैदिनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला झैं लाग्यो । खैर केहि छैन हाम्रै लागि उहाँ परदेशी भूमीमा संघर्ष गर्दैहुनुहुन्छ सोंचे यस्तै यस्तै । गरिबी र अस्तव्यस्त झुपडीमा  तिम्रो जन्म हुन पुग्यो छोरी । सुत्केरी समय पार गर्नको लागि मैले ऋण सर सापटीमा  दिन चलाएँ । बिस्तारै म तंग्रिदै गएँ । साहुको घरमा लुगा धुने काममा  पनि अरुलाई राखिसकेछ । अब मेरो घर चलाउने उपाय भनेको ज्याला दारी काम भयो त्यो पनि निरन्तर छैन कहिले काहीं खाली पेट मा रात बिताउनु पर्थ्यो ।  दिन हरु यसरि नै बित्दै गए रात हरु आँशुले भिझ्दै गए । मैले धेरै पटक चिठी लेखेर पठाएँ तिम्री बा लाई । धेरै पटक फोन गरें तर भेट हुन सकेन । कम्पनि सर्नु भयो रे भन्ने खबर पाएँ तर उहाँ संग कुरा हुन सकेन । यता विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा गोल्छे साहु सधैं घरमा आउने कराउने क्रम जारी रह्यो । उता भने घर परिवार आमा बाल बच्चाको केहि वास्ता छैन ।
                     लाग्छ साउन को १६ या १७ गते रात । रातको १ बज्न लागेको रहेछ डर लाग्दो सपनाले झस्काइदियो । सपना पनि अचम्म को थियो मैले चढेको बस् सलांग घाटमा दुर्घटना हुँदा मेरो खुट्टा भाँचियो रे । निन्द्रा परेन रात भर । हजुरमुमा अलि बिमार हुनुहुन्थ्यो । एक छत्र पानी परिरहेको थियो । घरको छानो चुहिएर सुत्ने बिस्तारा सार्दा सार्दै रात बित्न लाग्यो । बिहानी पख उज्यालो हुन लागे जस्तो लागेको थियो अन्धकारले अर्कै रुप लियो चुक अन्धकार मात्र केहि देखिन्छ  जब बिजुली चम्किन्छ। एकैछिनमा मुसलधारे पानी पर्यो घर आहाललै आहाल भरियो  तिमीलाई काखी च्यापी म पल्लो घरमा गएँ । तिमीलाई पल्लोघरमा  राखी हजुरमुमा लाई लिन आएँ । हजुरमुमा त हिलोले भरिएको चुल्हो मा जिन्दगीको अन्तिम समय संघर्ष गर्दै बाँकि रहेको परान लिई कसैको सहायता को प्रतिक्षामा हुनुहुँदो रहेछ । वल्लो घर पल्लो घर हार गुहार मागें एकैछिनमा मान्छे हरु भेला भए तर एक्लो साहारा तिम्री हजुरआमाले पनि हामीलाई एक्लै छाडेर जानु भयो। यसरि हामी माथि कहिले आकाश गज्रिने कहिले पहाड नै बज्रिने हुन थाल्यो……………………
Posted by: kamalabari | August 23, 2010

आई लव माई बोत्तल

आई लव माई बोत्तल
 
 
 
 
 
 
 तिर्खाले आज जीन्दगी नै
प्याक प्याक परेको बेला
पिउनु पिए
एकछिनको लागि
छाती दुखाउने क्यान्सर सन्चो हुने  गरि पिए
होस् हवास उड्ने गरि पिए
साला टेन्सन सबै भुलिदिएँ 
अर्कै संसारमा छु म
मलाई रुवाउने सबै भाइरस हरुलाई 
किंचे साला भाइरस खुट्टा बजारें 
तेसैले आई लव माई बोत्तल…………
 
आज म मात्नु मातेको छु 
लार्यांग बर्यांग वल्लो छेऊ पल्लो छेऊ
कहिले फटा फट
कहिले भारी अभागी शीर उदोमुन्टो
हेई सहाले आ आ ज म अ आ ज मा मा मा ते को छु के
सा सा ले
नि नी निउँ नखोज है स सा साले
लट्यांग पट्यांग गर्दै
गीत गाउँछु
आ आ आई लव लव माई बोत्तल
 
नचाहेर पिइन मैले
अन्तर हृदयले मागेर पिएँ
दुखी भएर पिएँ
सुखी भएर पिउन सकिन
बोत्तल बिना जिउन सकिन
जीउने सहारा भएर पो पिएँ
हुत्तिहारा भएर चाहिं हैन
रक्सि नपिउने हरुलाई चुनौती दिंदै पिएँ
आई लव माइ बोत्तल
 
इष्ट मित्र देऊ पित्र टाढीएर पिएँ 
प्रिया  तिमी निष्ठुरी भएर पो पिएँ 
जिन्दगी ओरालो लागेर पिएँ 
रहरले हैन बाध्यताले पिएँ 
पिउनु पिएँ आज बोत्तल को बोत्तल पिएँ 
आखिर सबैको टुङ्गो उही हो 
मर्नुछ बोत्तल पिएरै मर्छु 
आई लव माइ बोत्तल………… 
Posted by: kamalabari | August 18, 2010

अब म बहुला बन्छु…….

अब म बहुला बन्छु…….
 
निरासाबाद हाबी भएको
मेरो गन्तब्य बिहिन यात्रामा 
घामको रापले तात्तिएको सडक 
चिनजानको शक्तिमान बहुला
तापक्रम बढाउंदै रहेछ
छाती पोलेका पिडाका बाफ निकाली  निकाली
भिडमा रौनक चढाउंदै रहेछ
भन्दै वियोगान्त उस्का जिन्दगीका कहानीहरु ………….
 
हिजो अस्ति कैले वास्ता नगर्ने हरु
आज आँखा तानी तानी हेर्दैछन
मेरा पाइला पनि रोकिन्छन
उस्कै ती चित्कारहरुले
शक्तिमान आज नाचेको छ
शक्तिमान आज गाउनु गएको छ
ऊ आज कवि बनेको छ
नेताले झैं भाषण दिएको छ
शक्तिमान स्वार्थी संसारलाई
सके जति गालि गरिरहेको छ
जिन्दगीलाई दोष दिंदै 
र भन्दैछ साला जीन्दगी
कर्मलाई खोट लाउँदै 
भन्दैछ साला कर्म ……………
 
शक्तिमान आज केहि फरक छ
सदा झैं उस्कै सानीलाई
गालि गर्न छोडेको छ
गला थाकेर शक्तिमान भुइंमा लड्छ  
म मेरो पाइला अघि सार्छु
सोच्छु शक्तिमान र जिन्दगी ……………
 
शक्तिमान घरबार छोडेको छ
संसारिक मोह तोडेको छ
धन सम्पति भौतिक सुख
भुलेको छ ……………
 
 
एक्लो जीन्दगी
फडकार छाला हिंड जोगी
जहाँ जाला जे त होला
हदै भए मरिजाला भनेझैं
शक्तिमान बिन्दास छ
कति फरक छ ऊ र म मा
शरीरले थामे जति चिन्ता बोक्छु
आफैलाई सकेजति दुखाई दिन्छु
धन सम्पति माया मोहको पछी लाग्छु 
 धत् अब म यी सबै बाट टाढा जान्छु
म पनि शक्तिमानको पथ अंगाल्छु
अब म बहुला बन्छु……..
 

 

म समस्यै समस्याले मरिसकेको जीउँदो  मान्छे
 

भोकले रन्थनिएका 

समस्या रुपी भूतहरु 
मेरो उजाड जिन्दगीको 
स्मसान् र
अन्धकार
चिहान गैह्रामा
सल्बलाउनु सलबलाएका छन्
समस्यरुपी भूतहरुको
लाखेटाईमा परेको छु
कैले उँभो
कैले उँदो
कुस्ती खेल्दा खेल्दै
लम्पसार अनि
उत्तानो परि लडेको छु
म समस्यै समस्याले मरिसकेको जिउँदो मान्छे
 
अस्ति अर्कै अनुहार  
हिजो अर्कै
आज फेरि अर्कै
स्वरुप बदल्दै
मेरो मरिसकेको
जिउँदो जिन्दगीलाई  
सबै धुर्ब बाट
बन्धक बनाएको छ
त्यो बिकराल घेरा
नाघ्न हात खुट्टा सबै चलाउँछु
अन्तत सिथिल हुन्छु
उत्तानो परेर लड्छु
म समस्यै समस्याले मरिसकेको जीउँदो  मान्छे
 
मेरो मष्तिस्कका नशाहरु
एक एक गरि सुक्दै गएका छन्
प्रत्येक इन्द्रियहरु
भाइरसको आक्रमणले
बेकामी भैसकेका छन्
समस्याको अदृश्य शक्तिले
लुछी लुछी मलाई
कंकाल बनाइसकेका छन्
एक पटक हैन
दुइ पटक हैन
तीन पटक हैन
समस्यै समस्याले
म धेरै पटक मरिसकेको छु
वस
जिउँदो देखिन्छु तर
म समस्यै समस्याले मरिसकेको जीउँदो  मान्छे हूँ ……………………..
Posted by: kamalabari | June 18, 2010

आस्था तिमी कहाँ छौ ????

आस्था तिमी कहाँ  छौ ????
 
यौवनको रंगले 
रंगिए देखि म 
आस्था आस्था आस्था 
हरपल तिम्रै आस्थामा 
मलाई सुम्पिदिएँ 
आस्थाकै मन्दिरमा बली चढी दिएँ 
तर जीन्दगीको दिप धिप धीप निभ्नै लाग्दा 
आस्था तिमि कहाँ छौ ???? 
 
देवी देवालए
मन्दिर र मस्जिद 
गुम्बा अनि चर्च 
कहाँ खोजिन तिमीलाई 
खोज्दा खोज्दै हराइसकें 
बहुलाईसकें
कैले कालिमाटी
कैले रत्नपार्क
कैले कुन गल्ली
कैले कुन चोक
यो निरश सहरको
मेरै आस्थाको सायरी
गाउँदै हिड्न थालें
आस्था तिमी कहाँ छौ ????
 
फरक
धेरै फरक जीन्दगी
पैले तिमी थियौ मेरो साथ
ऐले छ पांग्रे
फरक फरक पेटी को वास
मेरो वर्तमान
खै कैले हो यमराज संग
निर्णायक हारको लडाईं
तिमी त
आस्था तिमी त
मलाई झैं नै
कुन बिचारालाई
मत्त छौ चुसेर
आस्थाको जाल फिजाइरहेका छौ
कुन कुन्दुरमा छौ
आस्था तिमी कहाँ छौ ????
 
गुनासो छैन आस्था
खुशी छु
तिमीले पिलाएको हरितालको
शक्तिले
सुस्त सुस्त गलिरहेको छु
मृत्युको संघारमै  अड्किरहेको छु
तर अन्तिम इच्छा आस्था
सास जानु भन्दा अघि
मेरो आस्थाको दर्शन भोगी छु
आस्था तिमी कहाँ छौ ????
Posted by: kamalabari | May 26, 2010

म  नबिक्ने बायोडाटा 
 
लाखौं वेब साइट को  
लाखौं बिज्ञापनमा
घन्टौ घण्टा बिताउछुं 
 म मेरो  मालिक ले 
जहाँ पठाउँछ त्यहिँ जान्छु
नोकर चाहियो भन्नेहरुले
मलाई देख्ने बितिक्कै
नाक  खुम्च्याउन्छन
बिबस छु
मेरो ढाड
नबिक्ने शब्दहरुले
भरिएका छन् र पो
म नबिक्ने बायोडाटा भएको छु
 
भाग्यमानी छु
संसारको प्रत्येक कुना कुना
पुगिसकेको छु
पृथ्वी लोक घुम्दा घुम्दा
थाकिसकें अबत
अरुनै लोक पुग्न मन छ
तर मेरो मालिक थाक्दैन
कहिले अमेरिका
कहिले लण्डन
कहिले अस्ट्रेलिया
ड्युटी खटाईदिन्छन
तै कुनै देशमा पनि
बिक्न सक्दिन
मेरो मालिक नै
नबिक्ने हुँदा पो
म नबिक्ने बायोडाटा भएको छु
 
कति सम्म नबिक्ने भएछु
गोरेले हेरे पनि
कालेले हेरे पनि
नाम हेर्ने बितिक्कै
मलाई डिलेट गरिदिन्छन
अबत हेर्दै नहेरी डिलेट गरिदिन्छन
भन्ने पो डर भो
म नबिक्ने बायोडाटाको 
अबत घर न थर भो 
Posted by: kamalabari | September 14, 2009

यी नजलेका पानाहरु

तिम्रा प्रेम पत्रहरु
एक एक गरि जलाई सकें
तिम्रा मुलायम हातले
लेखेका भावनाहरु भौतिक रुपमा
कति शब्दहरु धुँवा बनि उडे
कति शब्दहरु खरानी बनि बिलाई सके
बाँकी छन् अझै
मन भित्रका पानाहरु जलाउन
विवस छु म पढ्न पल्टाई पल्टाई
यी नजलेका  पानाहरु

जल्दैनन्  यी पानाहरु
धेरै प्रयास गरिसकें  जलाउन
मन बरु जल्छ
तापक्रम बढेर ढुकढुकी बढ्छ
रापले आँशुका धाराहरु बहनछन्
तिमी त पोइला गयौ
किन यी पानाहरु जाँदैनन् ?
मेरो बिन्ति तिमीलाई 
सक्छौ बरु लैजाऊ  संगै
यी नजलेका पानाहरु………..

हरेक दिन भागिरहेको छु म
एक धूर्व बाट अर्को धूर्व
नजलेका पानाहरु बाट लुक्न
गोडा चल्न छाडिसके अब
मैले आत्मसमर्पर्ण गरें
सक्दिन म कहिँ कतै लुक्न
एक्लो छुइन म 
नजलेका पानाहरु छन्  हरेक क्षण  साथ 
बस त्यहि हो
म मरे पछी म संगै जल्ने छन् 
यी नजलेका पानाहरु  ………..

 

Older Posts »

Categories

Follow

Get every new post delivered to your Inbox.