अब म बहुला बन्छु…….
निरासाबाद हाबी भएको
मेरो गन्तब्य बिहिन यात्रामा
घामको रापले तात्तिएको सडक
चिनजानको शक्तिमान बहुला
तापक्रम बढाउंदै रहेछ
छाती पोलेका पिडाका बाफ निकाली निकाली
भिडमा रौनक चढाउंदै रहेछ
भन्दै वियोगान्त उस्का जिन्दगीका कहानीहरु ………….
हिजो अस्ति कैले वास्ता नगर्ने हरु
आज आँखा तानी तानी हेर्दैछन
मेरा पाइला पनि रोकिन्छन
उस्कै ती चित्कारहरुले
शक्तिमान आज नाचेको छ
शक्तिमान आज गाउनु गएको छ
ऊ आज कवि बनेको छ
नेताले झैं भाषण दिएको छ
शक्तिमान स्वार्थी संसारलाई
सके जति गालि गरिरहेको छ
जिन्दगीलाई दोष दिंदै
र भन्दैछ साला जीन्दगी
कर्मलाई खोट लाउँदै
भन्दैछ साला कर्म ……………
शक्तिमान आज केहि फरक छ
सदा झैं उस्कै सानीलाई
गालि गर्न छोडेको छ
गला थाकेर शक्तिमान भुइंमा लड्छ
म मेरो पाइला अघि सार्छु
सोच्छु शक्तिमान र जिन्दगी ……………
शक्तिमान घरबार छोडेको छ
संसारिक मोह तोडेको छ
धन सम्पति भौतिक सुख
भुलेको छ ……………
एक्लो जीन्दगी
फडकार छाला हिंड जोगी
जहाँ जाला जे त होला
हदै भए मरिजाला भनेझैं
शक्तिमान बिन्दास छ
कति फरक छ ऊ र म मा
शरीरले थामे जति चिन्ता बोक्छु
आफैलाई सकेजति दुखाई दिन्छु
धन सम्पति माया मोहको पछी लाग्छु
धत् अब म यी सबै बाट टाढा जान्छु
म पनि शक्तिमानको पथ अंगाल्छु
अब म बहुला बन्छु……..
