आई लव माई बोत्तल
तिर्खाले आज जीन्दगी नै
प्याक प्याक परेको बेला
पिउनु पिए
एकछिनको लागि
छाती दुखाउने क्यान्सर सन्चो हुने गरि पिए
होस् हवास उड्ने गरि पिए
साला टेन्सन सबै भुलिदिएँ
अर्कै संसारमा छु म
मलाई रुवाउने सबै भाइरस हरुलाई
किंचे साला भाइरस खुट्टा बजारें
तेसैले आई लव माई बोत्तल…………
आज म मात्नु मातेको छु
लार्यांग बर्यांग वल्लो छेऊ पल्लो छेऊ
कहिले फटा फट
कहिले भारी अभागी शीर उदोमुन्टो
हेई सहाले आ आ ज म अ आ ज मा मा मा ते को छु के
सा सा ले
नि नी निउँ नखोज है स सा साले
लट्यांग पट्यांग गर्दै
गीत गाउँछु
आ आ आई लव लव माई बोत्तल
नचाहेर पिइन मैले
अन्तर हृदयले मागेर पिएँ
दुखी भएर पिएँ
सुखी भएर पिउन सकिन
बोत्तल बिना जिउन सकिन
जीउने सहारा भएर पो पिएँ
हुत्तिहारा भएर चाहिं हैन
रक्सि नपिउने हरुलाई चुनौती दिंदै पिएँ
आई लव माइ बोत्तल
इष्ट मित्र देऊ पित्र टाढीएर पिएँ
प्रिया तिमी निष्ठुरी भएर पो पिएँ
जिन्दगी ओरालो लागेर पिएँ
रहरले हैन बाध्यताले पिएँ
पिउनु पिएँ आज बोत्तल को बोत्तल पिएँ
आखिर सबैको टुङ्गो उही हो
मर्नुछ बोत्तल पिएरै मर्छु
आई लव माइ बोत्तल…………
