Posted by: kamalabari | August 25, 2010

शैय्याबाट छोरीलाई चिठी

  

शारू, तिमी पेटमै हुँदा तिम्री बा खाडी जानु भएको पनि एक दशक बितिसकेछ । आज यी एक दशकको अबधिमा हामी आमा छोरी बीचको जिन्दगीमा आएको उत्तर चढाबहरुलाई यहि पत्र मार्फत तिमीलाई सुनाउन गइरहेकी छु । निरन्तर बगिरहने नदीको पानी झैं यो समय पनि निरन्तर बगिरह्यो। नदीमा बग्ने पानीको बहाब कहिले कम त कहिले साउने झरीले ल्याएको भेलले किनारलाई भात्काउँदै, लच्छार पच्छार पार्दै बगिरहे झैं समय पनि हाम्रो जिन्दगीमा बगिरह्यो । समय त्यो बोल्दैन, समय तेस्ले कसैलाई चिन्दैन, समय त्यो हो कसैलाई लाखा त कसैलाई पाखा गर्दैन । समय त  निर्णायक हो जसले कुनै पर्तिस्पर्धामा हार र जीतको निर्णय गरिदिन्छ । जसले जित्न सक्यो ऊ जिन्दगीमा सफल भयो भने हार्ने हरु जिन्दगीसँग हारेका हुन्छन् । हार जीत भने जिन्दगी भित्र निरन्तर चलिरहने नियम हुन् । बिडम्बना ! तिम्री आमाको पोल्टामा भने जीतको सट्टा हार मात्र हात लाग्यो  । प्रयास नगरेको हैन शारु, मैले मेरो हात पाऊ शारीरमा भए जति सबै शक्ति प्रयोग गरेको हूँ । आखिर भाग्य र  भोग मा लेखिने कर्मका रेखाहरु नै दिन र  दशाको जालो रहेछ त तिम्री अभागी आमाको के लाग्छ र म त माझीको ढडीयामा परेको माछा झैं माझी आई नमारे सम्म जीन्दगीको कुन्दुर भित्रबाट बाटो खोजिरहें तर मैले खोजेका रोजेका बाटा हरु सबै बन्द भैसकेका रहेछन । साना तिना सुनामी बाट नाफुत्केको त हैननै, तै पनि तिम्री आमाले बनाएको घरको गार्हो भत्कियो चट्यागं चड्कियो । अब त जीन्दगीको अन्तिम समय पनि आइसकेको छ, तेसैले मैले संसार छोड्नु भन्दा अगाडी अरु मान्छेको जिन्दगीमा बनेको कथा झैं मेरो पनि जीन्दगीमा कथा बनेको छ । त्यहि कथालाई शारु तिमीलाई आज मृत्यु शैय्या बाट पस्किंदैछु । जब तिमि बुझ्ने हुन्छौ तब तिम्री आमाको हातले लेखिएका शब्द हरु पढ्नु ल शारु …………..

 
 
 
 
 
                                                                                                                                                                                                                                                           मिती:- २०६५/ बैशाख २ गते
                                                                                                                                                                                                                                                            स्थान:- जनरल हस्पिटल  सिंगापुर
                                                                                                                                                                                                                                                             शैया नम्बर : २२०
छोरी शारु 
धेरै धेरै माया तिम्री आमाको तर्फबाट 
                          छोरी शारु ! हिजो भन्दा अलि धेरै गलेको जस्तो लागिरहेको छ । दिनानु दिन मेरा इन्द्रिय हरु सिथिल हुँदै गैरहेको छ कम जोर महशुस भैरहेको छ सुस्केरा हरु पनि गलेका छन् जस्तो लाग्छ । जिन्दगि देखि नै गलिसके पछी मान्छेले बनाएको औषधी ले पनि नछुने भैसंके । डाक्टर र नर्स हरुले आराम गर्न आग्रह गरे पनि मेरा हात हरु चल्न छाडेका छैनन् । तिम्रो मेरो भेट नभएको पनि नौ वर्ष बिते । सपना जस्तो लाग्छ कैले कहिँ मा आफैलाई सोध्छु  म सपनामा छु कि बिपनामा छु ? रित्ता हातहरु छन् तिम्रा लागि दिने अरु केहि छैन वस्  म संग छन त छन् जिन्दगीका तिता सत्य हरु । गरिबी पारिवारिक समस्याहरुले गर्दा,  तिमि पेटमै हुँदा तिम्रा बा खाडी जानु भयो । अहिले झैं नै लाग्छ मेरा कान हरुमा अझै तिम्रा बा ले भन्नु भएको शब्द हरु गुन्जिरहेका छन् । “सजना छोरा भएनी छोरी भएनी राम्रो संग हुर्काउनु म चांडै फर्केर आउंछु । तिमी घर सम्हालेर बस्नु म कमाएर पठाउँछु । ऋण तिरौंला अनि हाम्रो आफ्नै घर बनाएर बसौंला । आमालाई हेर्नु ल म अहिले गएँ ।” यी आवाज हरु, यी शब्द हरु कुनै चलचित्रका अभिनायकका भनाईहरु हैनन्, तिम्रै बा परदेशिने समयमा भन्नुभएका हुन् । उहाँ त  जानु भयो तर सबै जिम्मेवारीहरु मेरो काँधमा छाडी जानु भयो । दिनानु दिन तिमि बढ्दै गयौ । अब तिमीलाई जन्म दिने समय पनि भयो घरमा तिम्री आँखा नदेख्ने हजुर मुमा अनि म मात्रै । जेन तेन साहुको घरमा लुगा धोएर एक छाक चलाउँथे । म थालिन थांले पछी घरमा चुल्हो बल्न छाड्यो । तिम्री बा को अत्तो पत्तो छैन । जानु भएको पनि पाँच पाँच महिना बितिसक्यो न चिठी छ न खबर । हजुरमुमा रुनु हुन्छ सुकिसकेका आँशुहरु सकी नसकी बगाउनु हुन्छ । मलाई बेथाले च्यापेको थाहा पाउँछु हजुरमुमा ठुलाघरे दिदीलाई बोलाउन जानु भएको थाहा छ तेस्पछी म बेहोस् भएछु ।
                       एकै छिन पछी तिम्रो वांह वांहा ले म बिउँझिन्छु र साथमा देख्छु हजुरमुमा र ठुलाघरे  दिदी अनि तिमी । तिम्रो आगमन पश्चात मेरो खुशीको सिमा रहेन हर्षको आँशु बर्र बग्न थाले । र तिम्री बालाई सम्झें । यदि उहाँ अहिले यो क्षण भैदिनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला झैं लाग्यो । खैर केहि छैन हाम्रै लागि उहाँ परदेशी भूमीमा संघर्ष गर्दैहुनुहुन्छ सोंचे यस्तै यस्तै । गरिबी र अस्तव्यस्त झुपडीमा  तिम्रो जन्म हुन पुग्यो छोरी । सुत्केरी समय पार गर्नको लागि मैले ऋण सर सापटीमा  दिन चलाएँ । बिस्तारै म तंग्रिदै गएँ । साहुको घरमा लुगा धुने काममा  पनि अरुलाई राखिसकेछ । अब मेरो घर चलाउने उपाय भनेको ज्याला दारी काम भयो त्यो पनि निरन्तर छैन कहिले काहीं खाली पेट मा रात बिताउनु पर्थ्यो ।  दिन हरु यसरि नै बित्दै गए रात हरु आँशुले भिझ्दै गए । मैले धेरै पटक चिठी लेखेर पठाएँ तिम्री बा लाई । धेरै पटक फोन गरें तर भेट हुन सकेन । कम्पनि सर्नु भयो रे भन्ने खबर पाएँ तर उहाँ संग कुरा हुन सकेन । यता विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा गोल्छे साहु सधैं घरमा आउने कराउने क्रम जारी रह्यो । उता भने घर परिवार आमा बाल बच्चाको केहि वास्ता छैन ।
                     लाग्छ साउन को १६ या १७ गते रात । रातको १ बज्न लागेको रहेछ डर लाग्दो सपनाले झस्काइदियो । सपना पनि अचम्म को थियो मैले चढेको बस् सलांग घाटमा दुर्घटना हुँदा मेरो खुट्टा भाँचियो रे । निन्द्रा परेन रात भर । हजुरमुमा अलि बिमार हुनुहुन्थ्यो । एक छत्र पानी परिरहेको थियो । घरको छानो चुहिएर सुत्ने बिस्तारा सार्दा सार्दै रात बित्न लाग्यो । बिहानी पख उज्यालो हुन लागे जस्तो लागेको थियो अन्धकारले अर्कै रुप लियो चुक अन्धकार मात्र केहि देखिन्छ  जब बिजुली चम्किन्छ। एकैछिनमा मुसलधारे पानी पर्यो घर आहाललै आहाल भरियो  तिमीलाई काखी च्यापी म पल्लो घरमा गएँ । तिमीलाई पल्लोघरमा  राखी हजुरमुमा लाई लिन आएँ । हजुरमुमा त हिलोले भरिएको चुल्हो मा जिन्दगीको अन्तिम समय संघर्ष गर्दै बाँकि रहेको परान लिई कसैको सहायता को प्रतिक्षामा हुनुहुँदो रहेछ । वल्लो घर पल्लो घर हार गुहार मागें एकैछिनमा मान्छे हरु भेला भए तर एक्लो साहारा तिम्री हजुरआमाले पनि हामीलाई एक्लै छाडेर जानु भयो। यसरि हामी माथि कहिले आकाश गज्रिने कहिले पहाड नै बज्रिने हुन थाल्यो……………………

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.