म अस्थाई
धर धर
च्यातिएको जिन्दगी
संक्रमणकाल को जिन्दगी
ढुलमुले जिन्दगी
खडेरीले चर चर
गह्रा झैं फुटेको
बरा जिन्दगीको
म अस्थाई जागिरे
जिन्दगि अस्थाई
म अस्थाई
म अस्थाई जागिरे
भद्रगोल
पटक पटक
स्वार्थी समाज बाट
बलात्कृत जिन्दगि
बरा जिन्दगीको
म अस्थाई जागिरे
जिन्दगी अस्थाई
म अस्थाई
छी !
अन्तर मन भित्र
घृणाको मूल फुट् छन्
आफैँलाई सम्झी
थुइए थुक्छ
गाली गर्छ
मनको मान्छे
तँ !
आशै आशा बोकी
पाइला पाइला
उब्जिने समस्याहरु संग
पैंठेजोरी खेल्ने तेरो जीवन ।
तेरो कस्तो त्यो जागिर ?
तेरो त्यो अस्थाई जागिर
जिन्दगि अस्थाई
म अस्थाई
हो
मेरो मुर्खता हो
जिन्दगी
अजम्बरी सम्झनु
तर
मेरो बाध्यता छ
बिडम्बना भित्र बाँच्नु
अनि कल्पना भित्र रमाउनु
मेरो अस्थाई जागिर
जिन्दगी अस्थाई
म अस्थाई
म कर्तब्यनिष्ठ छु
अन्जान परिवेशमा
आफुलाई
सम्हाल्दै
हरतरह
संघर्षमा लिप्त हुनु पर्ने
मेरो कर्तब्य
बेबारिसे जिन्दगीको
म अस्थाई जागिरे
जिन्दगी अस्थाई
म अस्थाई
अस्थाई जागिर को
नाटक
मुल्यवान समय
अरुको लागि खर्ची
अरुको खुसीमा
आफ्नो दुखः लुकाई
बाँच्नु पर्ने विवसता
मेरो राजिनामा नस्विकार्ने
अस्थाई जिन्दगी
तसर्थ
म अन्तिम समय सम्म
अस्थाई …………..
