तिमी भित्रका अदालत
तिम्रा हरेक चाहनाहरुका कदर गर्ने
तिमी प्रति आस्था राख्ने,
तिमी भित्रका अदालत
म विरुद्द
प्रेम बलात्कारी
अनि प्रेम हत्यारा
आरोप लगाई
जन्म कैदको सजाय सुनाउने
तिमी भित्रका अदालत
तिमी भित्रका अदालतलाई
मान्नै पर्छ
संसार ठिङ्ग उभिएर
तिम्रा नयाँ मोडेलका
हतियारहरु
टुलु टुलु हेरिरहेका छन्
जुन हतियारहरु
म जस्ता प्रेम पूजारीहरुलाई
प्रहार गरिन्छ
उल्टो सजाय दिइन्छ
समाजमा जिउन प्रयोग हुने अंगहरु
अंगभंग गरिन्छन्
अनि गाऊँबाट
गाऊँ निकाला गरिन्छ
जिन्दगि नै तहस नहस पारिदिन्छ
तिमी भित्रका अदालत ।
तिमी भित्रका अदालत मा
म बादी हावी भएको छ
सौन्दर्यको घमण्ड बढेको छ
धनको मात चढेको छ
निरंकुश उल्टेको छ
प्रेममा भ्रस्टाचार भएको छ
तिमी भित्रका अदालतमा
कु ले चरम सिमा नाघेको छ
याद गर
एक दिन आउनेछ
त्यो दिन
स्वाहा हुनेछ
तिमी पनि जल्नेछौ
ति पापका रापले
खाग हुनेछौ
तिमी भित्रका अदालत ।
तिमी भित्रका अदालतको
निर्णयले
तिम्ले सायद
तिम्रा लक्ष्य चुम्न सक्यौ होला
खोजे जति रम्न सक्यौ होला
यदी
यदी तिमी मेरो प्रश्न स्विकार्छौ भने…..
के तिमीले जे पायौ
तेही खोजमा थियौ त???
हैन भने
आँखा चिम्लेर सोच
हाम्रा इतिहासका
एक एक पल
अनि एक एक
पानाहरु पल्टाऊ
कोट्याउ ति
तिमी भित्रका अदालत रुपी
निर्णय हरु
अनि मलाई उत्तर देऊ
के बोल्दैछन्
ति
तिमी भित्रका अदालत
तिमी सहि वा म गलत ???
म सहि वा तिमी गलत ???

I am back on my blog….
By: kamalabari on August 31, 2011
at 2:16 am